गरिब तथा विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाको अवसर दिँदै ब्राइट भिजन इन्स्टिच्युट-Koshi Digital
आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित गरिब तथा विपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै रानी, विराटनगर–१५ स्थित ब्राइट भिजन इन्स्टिच्युट ले निःशुल्क शिक्षाको अवसर प्रदान गर्ने भएको छ।
संस्थाका सञ्चालकका अनुसार पैसाको अभावका कारण पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क अध्ययनको व्यवस्था गरिनेछ। वास्तविक आवश्यकता भएका विद्यार्थीलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
शिक्षा सबैको अधिकार भएको उल्लेख गर्दै संस्थाले विपन्न वर्गका विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिन यो पहल थालिएको जनाएको छ। यस अभियानले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
