फारबिसगंजमा विभत्स हत्या: घाँटी काटी टाउको अलग, आरोपितको कुटपिटपछि मृत्यु
फारबिसगंज, बिहीबार -फारबिसगंजस्थित सब्जी बजार गेट नम्बर २ मा बिहीबार एक अत्यन्तै विभत्स हत्या घटना सार्वजनिक भएको छ।
प्राप्त जानकारीअनुसार मृतक नबी हुसेन रहेका छन्। उनी अमौना क्षेत्रका बासिन्दा तथा पिकअप गाडी चालक रहेको बताइएको छ, जो सब्जी खरिदका लागि बजार आएका थिए।
स्थानीयका अनुसार सब्जी मण्डीमै सत्तु बेच्ने रबी चौहानसँग कुनै सामान्य भनाभनका क्रममा विवाद बढ्दै जाँदा झडप भएको थियो। सोही क्रममा रबी चौहानले चक्कु प्रहार गरी नबी हुसेनलाई सडकमै ढालेका थिए। त्यसपछि उनले घाँटी काटेर टाउको शरीरबाट अलग गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनापछि टाउको सब्जी बजारको गेट नम्बर २ मा राखिएको अवस्थामा फेला परेको थियो भने शरीर सडकमै रहेको थियो।

घटना लगत्तै फरार हुने प्रयास गरेका आरोपित रबी चौहानलाई स्थानीय आक्रोशित भीडले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो, जहाँ उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।
हाल घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि फारबिसगंज क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ भने सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
सि.सि.टि.भि :
