५ माघ २०८२, आइतबार · देश समाचार

राजीनामा बुझाएर घण्टीघर पुगे बालेन

४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । पदबाट राजीनामा बुझाएर उनी बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।

उनीसँगै जेनजी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । उनी आजै रास्वपा प्रवेश गर्ने बताएका छन् ।

उनको स्वागतमा रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको बाक्लो भिड उपस्थित छ ।

बालेन केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेर जनकपुर जाने तयारीमा छन् ।